Bhutan News Service - The first news agency of Bhutan

Category | Nepali News

एमाले भूटानी आन्दोलनमा सहयोग गर्न तयार

नेपालको एउटा कम्युनिष्ट पार्टी (नेकपा-एमाले) का अध्यक्ष्य झलनाथ खनालले बुधबारको शरणार्थी टोलीसँगको भेटघाटमा निर्वासनमा रहेका सबै भूटानीले देशफिर्ती र प्रजातन्त्र वहालीका लागि पहिलेझैं संघर्ष जारी राख्नुपर्नेमा जोड दिँदै आफ्नो तर्फबाट हरसम्भव सहयोग गर्ने बताएका छन्।

भूटानीहरूले गर्ने यस्ता शान्तिपूर्ण अभियानहरूमा नेपाली जनताले सधैं साथ दिने पनि अध्यक्ष खनालले बताए।

‘नेकपा-एमाले भूटानमा प्रजातन्त्र वहालीको लागि गरिने संघर्षमा सदैव सहयोगी रहँदै आएको छ र रहनेछ’, अध्यक्ष खनालले आफ्नै निवासमा आयोजित ड्रूक नेशनल कंग्रेसको एउटा प्रतिनिधि टोलीसँको छलफलमा भने। छलफलको अवसरमा ड्रूक नेशनल कंग्रेसका अध्यक्ष रोङथोङ क्युनलेले भूटानी आन्दोलनका निम्ति काठमाडौंमा एउटा कार्यालय खोल्ने र त्यहाँबाट पत्रिका प्रकाशन गर्नेतर्फ नेपाल सरकारबाट सहयोगको अपेक्षा राखेको बताए। अध्यक्ष खनालले सम्भव भएसम्म भूटानी नेताहरूको संरक्षणमा सबै किसिमको सहयोग दिने आश्वासन दिएका छन्।

Leave a Reply

  • Popular
  • Latest
  • Comments
  • Tags
  • Radio
  • Video

Subscription

  • Subscribe to the feed via email

  • Enter your email address:

    Powered by FeedBurner