Bhutan News Service - The first news agency of Bhutan

Category | Nepali News

न्यूजिल्याण्ड भूकम्पमा भूटानीहरू सुरक्षित

न्यूजिल्याण्डको क्राइस्टचर्च महानगर भत्काउने गरी शनिबार बिहान आएको 7.1 चुम्बकीय रफ्तारको भूकम्पमा त्यहाँ पुनर्वासमा भएका भूटानीहरू सुरक्षित रहेको समाचार छ।

त्यहाँस्थित हाम्रो समाचार स्रोतका अनुसार सो भूकम्पस्थलभन्दा मात्र 30 किलोमिटरको दूरीमा भूटानीहरूलाई बसाइएको छ।

समाचारदाता डोमा काफ्लेका अनुसार भूकम्पको कारण उनीहरूको घरको चिम्नीमा केही खराबी आएको थियो, तर सरकारी तदारुकता र सहायताले तत्काल त्यसको मर्मत भयो। क्राइस्टचर्च महानगरका निवासी एकजना भूटानीले जनाएअनुसार यस घटनाले त्यहाँ रहने भूटानीहरूलाई त्रसित बनाएको छ। किनकि उनीहरूले यस्तो कहाली लाग्दो घटनाको सामना पहिलोपटक गर्नुपरेको छ।

क्राइस्टचर्च महानगर वरिपरि करिब 55 परिवारका 3 सय भूटानीहरू बसोवास गर्दै आएका छन्।

Leave a Reply

  • Popular
  • Latest
  • Comments
  • Tags
  • Radio
  • Video

Subscription

  • Subscribe to the feed via email

  • Enter your email address:

    Powered by FeedBurner