Bhutan News Service - The first news agency of Bhutan

Category | Nepali News

स्वीमिङ पूलमा डुबेर बालिका सिकिस्त

एरिजोना राज्यको फोइनिक्स शहरस्थित आफ्नो एपार्टमेण्ट नजिकै रहेको एउटा स्वीमिङ पूलमा नुहाउन गएकी एक भूटानी बालिका सो पूलमा डुबेर चिन्ताजनक अवस्थामा पुगेकी छन्। हाल उनको उपचार भइरहेको जनाइएको छ।

पिरवार स्रोतका अनुसार कक्षा 10 मा पढ्ने 17 वर्षीय पूर्णी माया तामाङ मंगलबार बेलुका उनको भाइ र अन्य साथीहरूसँग सो पूलमा पौडी खेल्न गएपछि केही क्षणमा डुबेको अवस्थामा फेला परेकी थिइन्।

स्रोतका अनुसार पहिले उनकै भाइले उनलाई डुबेको देखेर तान्न प्रयास गरे । पुलिसलाई जानकारी गर्नभन्दा पहिले उनले छिमेकीको सहायतासमेत मागेर पनि पूर्णीमायालाई निकाल्ने प्रयास गरे। तर उनको प्रयास असफल रह्यो। पूर्णीमाया डुबेको अवस्थामा फेला परी निकाल्दा अचेत अवस्थामा रहेकी उनकी दिदीले जनाइन्।

उनी डुब्नुको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। हाम्रा फोइनिक्स समाचारदाता नन्दिता खनालको जानकारीअनुसार पूर्णीमायालाई अहिले राज्यकै सन्त जोसेफ अस्पतालमा उपचारार्थ राखिएको छ। अस्पतालमा अक्सिजनको सहायताले सास फेर्दै रहेकी पूर्णीमायाको अवस्था चिन्ताजनक बन्दै गएको परिवार स्रोतले जनाएको छ।

भूटानको दागानाबाट आएको यो सात सद्सयीय तामाङ परिवार झापाको बेल्डाँगी 1 शिविरबाट अमेरिकामा पुनर्वास भएको हो।  

Leave a Reply

  • Popular
  • Latest
  • Comments
  • Tags
  • Radio
  • Video

Subscription

  • Subscribe to the feed via email

  • Enter your email address:

    Powered by FeedBurner