Bhutan News Service - The first news agency of Bhutan

Category | Nepali News

सडक दुर्घटनामा पाँचको मृत्यु

भूटानको सुदूर पूर्वी पहाड नाम्लिङस्थित अग्लो झरना नजिकै गुडिरहेको एउटा ट्रक सडकबाट करिब 50मिटर तल झर्दा त्यसमा सवारमध्ये कम्तीमा पाँचजनाको मृत्यु भएको समाचार छ।

प्राप्त समाचारअनुसार उत्तरपूर्वी मोंगरको जिल्ला मुख्यालयभन्दा करिब 71 किलोमिटर टाढाको सो घटना बिहान 10 बजेतिर भएको बुझिएको छ। बुम्थाङको उरास्थित गेदेन ड्राक्छाङका 48 वर्षीय उम्जेलगायत सबै यात्रीहरू बौद्धभिक्षु (लामा) रहेका थाहा भएको छ। सो ट्रकका चालक तथा दुईजना 12 र 16 वर्षीय भिक्षु (लामा)-हरू सो घटनामा जीवितै रहन सफल भए भने अन्यसबै यात्रुको ज्यान गएको भूटान प्रहरी सूत्रले पुष्टि गरेको छ।

जीवित भेटिएकालाई मोंगर जिल्ला अस्पतालमा सघन उपचारार्थ लगिएको जनाइएको छ।

मृतकहरूमा 48 वर्षीय लामा उम्जेबाहेक अन्य नौ, 11, 13 र 14 वर्षका लामाहरू थिए। बाँचेकामध्ये 16 वर्षीय लामाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

Leave a Reply

  • Popular
  • Latest
  • Comments
  • Tags
  • Radio
  • Video

Subscription

  • Subscribe to the feed via email

  • Enter your email address:

    Powered by FeedBurner