Bhutan News Service - The first news agency of Bhutan

Category | Nepali News

थिन्ले प्रथमपटक आफ्ना मतदाताहरूसँग

भूटानी प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले गत आइतबार थिम्पूमा बस्ने आफ्ना मतदाताहरूको विचार बुझ्न र वर्तमान राष्ट्रिय गतिविधि तथा आगामी योजनाबारे बुझाउन उनीहरूलाई निजी निवासमा बोलाएर देशकै इतिहासमा पहिलो पटक नयाँ ढंगको छलफल आयोजना गरेका छन्।

आफ्नो चुनाव क्षेत्र पेमागासेलबाट आएर थिम्पूमा बस्ने वा काम गर्ने करिब 2 सयजना मतदातालाई देशका विभिन्न गतिविधिमा जानकारी गराउने उद्देश्यमा थिम्पूको आफ्नो दुई तले निवासमा भेला गरेर प्र.म. थिन्लेले कुनै शंका र त्रासबिना आफ्ना विचारहरू व्यक्त गर्न आग्रह गरे।

‘‘म कहाँनेर गलत बाटो जाँदैछु, म जान्न चाहन्छु’’, देशका विकासकीय गतिविधि र भावी योजनाबारे जनता सचेत हुनुपर्नेमा जोड दिँदै थिन्लेले भने। उनले भने, ‘‘सबै विकास क्षेत्रमा तोकिएका कार्यक्रमलगायत राष्ट्रिय सरकारका नीति तथा योजनाबारे आफ्नो मतदान क्षेत्र साथै देशभरिका जनतालाई मैले जानकारी गराउनै पर्छ।’’ प्रधानमन्त्रि थिन्लेले भूटानमा ऐतिहासिक प्रजातन्त्रको एक वर्ष चार महिना लामो अवधिमा थिम्पूमा रहने आफ्ना मतदाताहरूसँगको भेटघाट तथा छलफल यो नै प्रथम पटक भएको पनि बताए।   

Leave a Reply

  • Popular
  • Latest
  • Comments
  • Tags
  • Radio
  • Video

Subscription

  • Subscribe to the feed via email

  • Enter your email address:

    Powered by FeedBurner